२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ ।

अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ धने व्यापक भौतिक क्षति पुर्‍याएको छ । अमेरिकी उद्धारकर्ताहरूले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन्।

नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ ।

सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

‘हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन् भने करिब आठ लाख घरअझै पनि विद्युत्विहीन छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीप्रभावित क्षेत्रको हवाई भ्रमण गरेपछि जर्जियाको रे सिटीमा बाइडेनले प्रभावितहरूलाई भन्नुभयो, “म तपाईंलाई देख्छु, म तपाईंको कुरा सुन्दैछु, म तपाईंसँग दु:खी छु, र म तपाईसँग प्रतिज्ञा गर्छु, हामी तपाईंको साथमा छौं।”