२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण



अ+ अ-

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गर्नुभएको छ । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गर्नुभएको हो ।

गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डो¥याउन सकिने उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपद्मा सहयोग गर्नुपर्ने बताउनुभयो । दुःख र सङ्कट परेका बेला सङ्गीतले व्यक्तिलाई आनन्द दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा गीतका रचनाकार तथा गायक  बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताउनुभयो । “हामी पानी बिना एकछिन पनि रहन सक्दैनौँ । त्यसैले पानीलाई सम्झेर मैले गीत रचना गरेको हुँ”, उहाँले भन्नुभयो ।

उक्त गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बिवी अनुरागीको रहेको छ । गीतको श्रव्यदृश्यमा नायक राजेश हमाल, नायिका  करिश्मा मानन्धर र सगुन कार्कीले अभिनय गर्नुभएको छ । रासस