२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो



अ+ अ-

बलेवा । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । “मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प(यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ,” पोखराबाट आउनुभएका पोषण शर्माले भन्नुभयो, “बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।”

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ ।

चैतेदसैँमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।