काठमाडौ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा अनलाईन मार्फत जुवा खेलाउनेहरु लाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालीका वडा नं .६ चोभार, वडा नं .९ नगाँउ र वडा नं.१० बागभैरब स्थित बिभिन्न घरहरु खानतलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उनिहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा खेलाउन प्रयोग हुने ल्यापटप,मोबाईल लगायतका बिधुतीय उपकरणहरु सहित १२ जना मानिसहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ । प्रहरीका अनुसार पक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले ३ बटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेको थिए ।

फेसबुक मार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई व्गधब,uwa, Fire kiring, River sweeps, River monster, Vegas-X लगायतका अनलाईन जुवा खेल्न link शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेका थिए । करिब १० महिना अगाडी देखी जुवा खेलाउने गरेको भन्दै प्रहरीले करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरेको जनाएको छ ।
पक्राउ परेको व्यक्तिहरु
१. जि.काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ६ चोभार बस्ने बर्ष ३३ को सुजेन्द्र थापा ।
२. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष १७ को मनिश थापा ।
३. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष १७ को समिर थापा ।
४. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष २७ कि कबिता थापा ।
५. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष ३० को रबिन खड्का ।
६. ऐ. ऐ. वडा नं. १० किर्तिपुर बस्ने बर्ष ४५ को बुद्ध महर्जन ।
७. ऐ. ऐ.वडा नं.८ पाँगा बस्ने बर्ष २० कि रोजा महर्जन ।
८. ऐ. ऐ. वडा नं. ८ पाँगा बस्ने बर्ष १९ को साहिल महर्जन ।
९. ऐ. ऐ. वडा नं. १० बस्ने बर्ष १९ कि हनिशा महर्जन ।
१०. ऐ. ऐ. वडा नं. ९ नगाँउ बस्ने बर्ष ३५ को प्रदिपमान सिंह बस्नेत ।
११. जिल्ला बझांङ् केदारसिउ गा.पा.५ घर भई हाल का.जि. किर्तिपुर ५ बस्ने बर्ष १९ को बिनोद ठगुन्ना ।
१२. जिल्ला सिन्धुपालचोक मेलम्चि न.पा.वडा नं.१३ घर भई हाल का.जि.किर्तिपुर बस्ने बर्ष १७ कि रमादेवि श्रेष्ठ ।











