२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताउनुभएको छ ।

प्रश्तावित राजदुत यादवले बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताउनुभएको हो । उहाँले विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदुतको जिम्मेवारी पाए सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । संविधान, सरकारको नीति, निर्णय र निर्देशनअनुसार राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मूल्य र मान्यताहरु हुने प्रश्तावित राजदुत यादवको भनाई थियो । त्यस अवसरमा उहाँले राजदुतको रुपमा आफूले इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी पूरा गर्ने अठोट लिएको पनि बताउनु भयो ।

प्रश्तावित राजदुत यादवले भन्नुभयो, ‘वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अस्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एवं विस्तृत बनाउन म कटिवद्ध रहनेछु । म यस पदमा रहँदा पूर्ण इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी निर्वाह गर्ने दृढ अठोट व्यक्त गर्दछु । विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्ने भरमज्दुर प्रयास गर्नेछु । नेपालको संविधानको धारा ५ मा उल्लेख भएको राष्ट्रिय हित, धारा ५० को उपधारा ४ ले व्यवस्था गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको निर्देशक सिद्धान्त, धारा ५१ अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि नीति, नेपाल सरकारको नीति, निर्णय र निर्देशन र परराष्ट्र मन्त्रालयको नीति, निर्णय र निर्देशन राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मेरो मुख्य मूल्य र मान्यताहरु हुनेछन् ।’

प्रश्तावित राजदुत यादवले अध्ययनका लागि अस्टे«लिया गएका नेपाली विद्यार्थीको समस्या समाधानका लागि पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो ।




भर्खरै