१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा बम बिस्फोटमा परेर पत्रकारको मृत्यु



अ+ अ-

काबुल । काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । 
प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम बिस्फोटमा मृत्यु भएको हो । अफगानिस्तानका संचारकर्मीहरुले दुबै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको बताएका छन् । 

हेल्मन्डका पत्रकार जावेद तनविरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताए । 
नोभेम्बर ७ मा काबुलमा समाचार प्रस्तोता यामा सियावाशको माक्रोरायान–ए–चर इलाकामा बम बिस्फोटमा ज्यान गएको थियो । उक्त बम बिस्फोटमा सियावाश सहित अरु दुई व्यक्ति मारिएका थिए ।

उनीहरु अफगान केन्द्रीय बैंकको एउटा सवारी साधनमा सवार थिए । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारको शान्तिवार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरुमा कमी आएको छैन ।