२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु



अ+ अ-

एजेन्सी । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।

आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो ।

“नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु “एच५एन१ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको भिएनएले जनाएको छ ।

चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था “एजुकेशन फर नेचर भियतनाम (इएनभी)” ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ ।

सन् २०२२ देखि एच५एन१ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो ।