१७ माघ २०८१, बिहीबार
,
Latest
सरकारले ल्याएका अध्यादेश माओवादीले अस्वीकार प्रस्ताव पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : शेखर कोइराला विपिन रिहाइको पर्खाइमा सरकार: कहिले सार्थक बन्ला परराष्ट्रमन्त्रीको पहल ? बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान जारी ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’ २५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ मधेश केन्द्रित ८ दलले बनाए कार्यदल वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून स्वीकार्य हुँदैन: रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा‚ बन्दसत्र फेरि स्थगित



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र फेरि स्थगित भएको छ ।

सो संगठनले आज सूचना जारी गर्दै आज गर्ने भनिएको बन्द सत्र स्थगित भएको जनाएको हो । बन्द सत्र भोलि (बिहीबार)का लागि तोकिएको छ ।

गत बिहिबारदेखि शुरु भएको २३औँ राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद भएपछि बन्द सत्र हलमै तोडफोडसमेत भएको छ ।

सोमबार पनि सम्मेलनमा कुर्सी हानाहान भएको थियो । सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सी हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न कठिन भएको थियो ।