१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति-निर्वाचित बाइडेनलाई दियो चीनले बधाई



अ+ अ-

काठमाडौं । चीनले अमेरिकाका भर्खरै निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको छ। 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले शुक्रबार बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका हुन्। 

जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा आएका हुन् । ‘हामी अमेरिकी जनताको रोजाइलाई सम्मान गर्छौं र बाइडेन र ह्यारिसलाई बधाई व्यक्त गर्छौं,’ वेन्बिन भनेका छन् । 

गत शनिबार बाइडेन अमेरिकाको राष्ट्रपतिमा विजयी भएका थिए। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले बाइडेन र कमला ह्यारिसलाई बधाई दिएको खबर विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।