२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रको छलाङः विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् ।

विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । इङ्ग्ल्यान्डका क्रिकेटर लियाम लिभिङस्टोन शीर्षस्थानमा छन् भने उनीपछि दिपेन्द्र छन् ।

यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए ।

दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ ।

ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औं स्थानमा छन् । टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ । यस्तै, भारत शीर्षस्थानमा यथावत छ ।