१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा



अ+ अ-

काठमाडौँ । नेपाल—कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ ।

नेपाल र गणतन्त्र कोरियाली दुतावासले मंगलवार साँझ ५० औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५० औं स्वर्ण जयन्तीको अवसरमा दुतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुति गराउनका लागि तीनसम्म विभिन्न कार्यक्रमहरू काठमडौंमा आयोजना गरेको हो ।

कोरियाले ५० औं स्वर्ण जयन्तीको अवसरमा ‘कोरियाली डिजिटल कला प्रदर्शनी’ तथा हाजिरी जवाफ र कोरिया भाषा वतृत्वकला प्रतियोगिता समेत गरेको थियो । मंगलवार ५० औं स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहभागिता जनाउनुभएको थियो । नेपाल र कोरिया सरकारबीच कुटनीतिक सम्बन्धसँगै व्यापार र लगानीमा समेत सम्बन्ध बिस्तार हुँदै आएको छ ।

कार्यक्रमा सहभागि उद्योगी व्यवसायीहरुले कोरियाले नेपाललाई महत्व दिएर लगानी र सहयोग गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले कोरियाले नेपालको शिक्षा,रोजगार र आर्थिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले कोरियासँग इपीएस कार्यक्रम सफल भएर नेपालको लागि राम्रो भएको बताउनु भयो । उहाँले कोरिया धेरै विकसित मुलुक भएको भन्दै प्रविधि भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको निजी क्षेत्रले कोरियासँग समन्वय गरेर उद्योग व्यापारमा लगानी भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले कोरियासँग नेपालले द्विपक्षीय लगानी सम्झौता ९बीआईए० गरेर जानु आवश्यक देखिएको छ ।

व्यवसायी दीपक मलहोत्राले पनि नेपालमा कोरियाले हाईड्रो,उद्योग र पर्यटनमा लगानी गरिरहेको बताउनु भयो । उहाँले नेपालका सामाग्री कोरियामा निर्यात गर्ने विषयमा पहल भइरहेको बताउनु भयो ।

उहाँले नेपाललाई कोरियाले दिएको महत्वको फाइदा लिन सक्नुपर्ने बताउनु भयो । उहाँले व्यापार र उद्योगको क्षेत्रमा कोरियाको लगानी वृद्धि भइरहेको बताउनु भयो ।