२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोझ बढ्यो भन्दै बाबरले पाकिस्तानी क्रिकेट टिमको कप्तानी छोडे



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बाबरले मंगलबार राति सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी गराएका हुन् ।

२९ वर्षीय बाबरले लेखेका छन्, ‘टिमको कप्तान हुनु मेरो लागि गर्वको कुरा थियो, तर यसले बोझ बढाएको थियो । म आफ्नो खेलमा पूर्ण ध्यान केन्द्रित गर्न चाहन्छु ।’

पाकिस्तान क्रिकेट बोर्डले यस वर्ष बाबरलाई फेरि कप्तान बनाएको थियो, यद्यपि उनको कप्तानीमा धेरै पटक प्रश्न उठेको थियो ।

बाबर आजम आजकाल खराब लयमा गुज्रिरहेका छन् । सन् २०२४ को कुरा गर्दा बाबर आजमले ६ टेस्ट इनिङ्समा ११३ रन र १९ टी–२० खेलमा ६६० रन बनाएका छन् । उनले यो वर्ष कुनै एकदिवसीय खेलेका छैनन् ।