१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोझ बढ्यो भन्दै बाबरले पाकिस्तानी क्रिकेट टिमको कप्तानी छोडे



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बाबरले मंगलबार राति सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी गराएका हुन् ।

२९ वर्षीय बाबरले लेखेका छन्, ‘टिमको कप्तान हुनु मेरो लागि गर्वको कुरा थियो, तर यसले बोझ बढाएको थियो । म आफ्नो खेलमा पूर्ण ध्यान केन्द्रित गर्न चाहन्छु ।’

पाकिस्तान क्रिकेट बोर्डले यस वर्ष बाबरलाई फेरि कप्तान बनाएको थियो, यद्यपि उनको कप्तानीमा धेरै पटक प्रश्न उठेको थियो ।

बाबर आजम आजकाल खराब लयमा गुज्रिरहेका छन् । सन् २०२४ को कुरा गर्दा बाबर आजमले ६ टेस्ट इनिङ्समा ११३ रन र १९ टी–२० खेलमा ६६० रन बनाएका छन् । उनले यो वर्ष कुनै एकदिवसीय खेलेका छैनन् ।