१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृतनापति समन्वयात्मक बैठक सम्पन्न



फाईल फोटो
अ+ अ-

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिनुभएको छ ।

पृतनापति समन्वयात्मक बैठक समापन कार्यक्रममा उहाँले सकलदर्जामा सामूहिक भावना र एकढिक्कापन अभिवृद्धि गर्न जोड दिनुभयो ।

यसअघि बैठकमा पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, कार्य सञ्चालन अवस्था, नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमको प्रभावकारितालगायत विषयमा छलफल भएको पनि निर्देशनालयले जनाएको छ । सेनाले वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्दै आएको छ ।रासस