६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।
काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ बर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।

सम्मान कार्यक्रममा केएनपीका नेपाल निर्देशक मनोज मिश्रले उहाँको साहसीक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स् कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाई थियो । साथै बाढीपहिरोका कारण निम्तिएको परिस्थितीप्रति दुख व्यक्त गर्दै यो बिषम अवस्थामा एक अर्कासँग हातेमालो गर्न आवश्यक रहेको मिश्रले बताउनुभयो ।