१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।
काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ बर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।

सम्मान कार्यक्रममा केएनपीका नेपाल निर्देशक मनोज मिश्रले उहाँको साहसीक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स् कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाई थियो । साथै बाढीपहिरोका कारण निम्तिएको परिस्थितीप्रति दुख व्यक्त गर्दै यो बिषम अवस्थामा एक अर्कासँग हातेमालो गर्न आवश्यक रहेको मिश्रले बताउनुभयो ।