२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलो नेपालको टावरमा अज्ञात समूहद्वारा आगजनी



अ+ अ-

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । 
धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।