२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही
तपाईं के खोज्दै हुनुहुन्छ ?

उकालो लाग्दै कोरोना संक्रमण, बिहीबार मात्र १२ हजार ३३८ संक्रमित पुष्टि



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप  १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६४९जना संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ ।

काठमाडौं उपत्यकामा आज ६ हजार ९८१ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५००१, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका छन् ।

१४ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने १४ जिल्लामै सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । र यो संख्या हालसम्मकै धेरै पनि रहेको छ ।

बुधबार  अर्थात अघिल्लो दिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।