१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडाका प्रम जस्टिन ट्रुडेउले पनि शुभकामना दिँदै मनाए दिपावली



अ+ अ-

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले पनि नेपालीहरुको महान चाड दिपावली मनाएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडेउले आफ्नो कार्यलयमा दिपावलीको दियो जलाएर एक भर्चुअल उत्सवमा सामेल भएर सम्पुर्ण हिन्दुहरुमा दिपावलीको शुभकामना पनि व्यक्त गरेका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा आफुले मनाएको दिपावली सहित सम्पुर्ण हिन्दुहरुलाई यसरी शुभकामना दिए– 'दिवालीले हामीलाई याद दिलाउँछ कि सत्य, प्रकाश, र भलाइ सँधै प्रबल हुनेछ। त्यो आशावादी सन्देशलाई मनाउन र यस महत्त्वपूर्ण चाडलाई चिनो लगाउन, म आज बेलुका साँझ एक भर्चुअल उत्सवमा सामेल भएँ। सबैलाई दिवालीको शुभकामना !'

आज यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।