१० असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी घटेपछि बाढीपीडितहरू घर फर्किए



अ+ अ-

पाल्हिनन्दन । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका थिए ।

सुुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खडकाले आइतबार साझदेखि नदीमा बाढी घटेसँगै सुुस्ता डुुबान क्षेत्रमा पनि बाढी घटेकामा आज प्रभावितहरू आफ्नो घर फर्किएका हुन् । यहाँ सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुुनाथ अहिरले बाढी घटेपछि स्थानीय घर फर्किए पनि फुसको घर भत्केर बस्ने अवस्था नरहेको बताउनुुभयो । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले यहाँका अधिकांश स्थान डुबानमा परेपछि आश्रयका लागि अन्यत्र गएकाहरू पानी घटेसँगै आफनो घर फर्किएका जानकारी दिनुभयो ।

“स्थानीय बाढीपीडिहरू घर फर्किएका छन्, पक्की घर भएकालाई घरमा बस्न खासै समस्या नभए पनि फुसको घर हुनेहरूलाई भने समस्या छ । उहाँहरूका घर भत्किएकाले त्यहाँ बस्ने अवस्था छैन । अब सरकारले उचित बन्दोबस्त गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । रासस