१४ आश्विन २०८१, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिनुभयो । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गर्नुभएको थियो ।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिनुभयो । विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिनुभयो । तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताउनुभयो ।

प्रदेशका १३ वटै जिल्लामा उच्च सतर्कता

यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालिन उद्दार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताउनुभएको छ । विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको बताउँदै मुख्यमन्त्री लामाले पीडितको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । तत्कालिन राहत र अस्थायी बसोबासका लागि आवश्यक प्रवन्ध गरिएको बताउँदै मुख्यमन्त्री लामाले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

बाढी र पहिरोका कारण क्षति भएका राजमार्ग र ग्रामिण सडक दशें अघि नै सुचारु हुनेगरी काम शुरु भइसकेको पनि मुख्यमन्त्री लामाले जानकारी दिनुभयो । प्रदेश भित्रका सबै जिल्लाका सडकहरुको अवस्थाबारे तथ्यांक संकलन भइरहेको र दशैं अघिनै सवारी सञ्चालन हुनेगरी निर्माण थाल्न सरकारले विशेष रणनीति बनाएको मुख्यमन्त्री लामाले जानकारी दिनुभयो ।