१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध



सांकेतिक तस्बिर
अ+ अ-

पाटन ।वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ ।

हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराउनुभयो ।

“नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन, फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ, कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुन:स्थापित गर्न अलि समय लाग्छ”, उहाँले भन्नुभयो ।

पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उहाँले जानकारी दिनसभयो । स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुन:स्थापित गर्नका लागि १० दिन जति लाग्ने उहाँले जानकारी दिनुभयो।