१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दे सजाय तोकेपछि सम्पादक र प्रकाशक जेल चलान भएका छन् ।

सिधा कुराका सम्पादक नवीन ढुङ्गानाले सामाजिक संञ्जाल मार्फत सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै आफुहरु केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका जानकारी गराएका छन् ।

उनले लेखेका छन्-सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ। प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं ।

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले आज ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको थियो ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।

सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । अदालतले यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख गरेको छ ।उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।

सिधाकुराले ‘द डार्क फाइल’ भन्दै अख्तियारको स्टिङ अप्रेसन मुद्दाका अभियुक्तहरुलाई सफाइ दिलाउने भन्दै कान्तिपुर मिडियाका प्रकाशक तथा सन्चालक कैलाश शिरोहिया,अन्नपूर्ण दैनिकका प्रकाशक तथा सन्चालक रामेश्वर थापा,न्यायाधीश आनन्दमोहन भट्टराईलगायतको संवाद भनिएको अडियो प्रसारण गरेको थियो ।