१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न



अ+ अ-

काठमाडौं । तीन दिनको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान रद्द गरे ।तर, चीनको ग्वाङ्झौबाट काठमाडौंमा नियमित उडान गर्दै आइरहेको चाइना साउदर्नले भने उडान सुचारु नै गर्‍यो । जसका कारण यात्रुलाई सहज भएको चाइना साउदर्नले जनाएको छ ।

कम्पनीले एक बिज्ञप्ति जारी गर्दे जस्तोसुकै अवस्थामा पनि यात्रुको सुरक्षा र यात्रालाई पहिलो महत्व दिएको जनाएको छ। बिज्ञप्तिमा भनिएको छ ‘शुक्रबार राति नियमित उडानको क्रममा विमान खराब मौसमका कारण काठमाडौंमा तोकिएको समयमा अवतरण गर्न सकेन । अधिकांश विमान कम्पनीले उडान रद्ध गर्ने निर्णय गरेको अवस्थामा हामीले भने उडान भरेका थियौं’, कम्पनी भन्छ, ‘हाम्रो विमानलाई काठमाडौं नजिकैको आकाशबाट ढाका डाइभर्ट गर्ने निर्णय गरियो । तर मौसममा सुधार भएसङ्गै राति दुई घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण भयो । नेपालका यात्रुलाई दुई घण्टा ढिलो भए पनि उडान भरेर गन्तव्यमा ल्यायौँ।’

कम्पनीले शनिबारको उडानमा ३० जना यात्रु ग्वाङ्झौ हुँदै अष्ट्रेलियाको सिड्नी जाँदै थिए । यताबाट भएको ढिलो उडानका कारण उनीहरूको सिड्नी उडान छुट्ने सम्भावना थियो । तर, विमान कम्पनी, चालक दलका सदस्य र कर्मचारीको समन्वयमा ढिलो उडानमा पनि ती यात्रुले सिड्नी कनेक्टिङमा समस्या झेल्न नपरेको जनाएको छ ।

‘चिनियाँ राष्ट्रिय दिवस,सार्वजनिक बिदालगायत कारण ग्वाङ्झौबाट सिड्नीका लागि अन्य उडानका कुनै सिट खाली थिएन । त्यसैले काठमाडौं वा ग्वाङ्झौमा अलपत्र नपार्ने उद्देश्यले तत्काल समस्या समाधानको उपाय निकालियो। उहाँहरू तोकिएको उडानमा सिड्नी प्रस्थान गर्न सफल हुनुभयो’, कम्पनीले भनेको छ ।

काठमाडौंमा गएराति पनि चाइना साउदर्नको अवतरण र उडान भयो । कम्पनीले ३० जना नेपाली यात्रुले दुई घण्टा ढिलो उडान हुँदा पनि समस्या महसुस गर्न नपरेको जनाएको छ ।

चाइना साउदर्न चीनको सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । यसले वार्षिक १४ करोडभन्दा बढी यात्रु ओसार्दै आएको छ । पछिल्लो समय ग्वाङझौ–काठमाडौं दैनिक दुई उडान भइरहेको छ ।