८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा इनु पौडेल निर्वाचित



अ+ अ-

काठमाडौ‌ ।  साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित हुनुभएको छ ।

भक्तपुरमा आयोजित महासंघको विशेष साधारण सभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा पौडेल निर्वाचित भएसंगै १९ बर्षको इतिहास बोकेको महांसंघले पहिलो पटक महिला नेतृत्व पाएको छ ।

निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड पछि विश्वभर देखापरेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु पनि परेको तथा कच्चा पदार्थको सहज आपुर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यस तर्फ आफु सचेत अनि गम्भीर रहेको बताउनुभयो ।

महासंघको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रविन्द्र थापा९रविन० निर्वाचित हुनुभएको छ । त्यसैगरी सहअध्यक्षमा रामकेशर बिष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्धितीय उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुल बहादुर काफ्ले , चतुर्थ उपाध्यक्षमा अमूल मान श्रेष्ठ तथा बस्तुगत, एसोसियट र प्रदेश समेत गरि २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

विशेष अधिवेशनमा निर्वतमान अध्यक्ष हरि पराजुलीमाथि परेको आविश्वासको प्रस्ताव बहुमतले परित भएको थियो । बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विशेष साधारणसभाको उद्घाटन गर्दे साना तथा मझौला व्यवसायको प्रर्वद्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।