१३ श्रावण २०८२, मंगलवार
July 29, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 25.36

Wind: 1.03

Humidity: 100

Latest
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी एमालेको १२ औं अपानि : विद्या भण्डारी राष्ट्रकै गहना हो,राजनीतिमा फर्कनु हुदैन आज पाँच संसदीय समितिको बैठक बस्दै थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा निकुञ्ज विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् ।

चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो ।

अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी छ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ र उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन ९फेमा० का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ ।

हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ ।

आँधीजन्य विपत्का कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ ।

मौसम पूर्वानुमानसम्बन्धी राष्ट्रिय निकायले ‘विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि आज स्थितिमा सुधार हुने जानकारी गराएको छ । तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ ।

आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन् ।