१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो



अ+ अ-

काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ।

पहिरोमा पुरिएका बसहरूबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए ।

शनिवार १४ जना र आज १३ जनाको शब निकालिएको छ ‌ ।

झ्याप्ले खोलामा गएको पहिरो पन्छाउने तथा उद्धारमा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली खटिएको छ ।

पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ। डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो काम भइरहेको छ।