८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लगानी गर्ने वातावरणलाई खुला छोड्नुपर्ने बताउनुभएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै  उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानी गर्ने वातावरणलाई खुला छोडेर लगानी प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयाे । उहाँले लगानीका लागि सर्वथा अनुकुल वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।

उहाँले लगानी गर्नेहरुलाई कर छली गर्न नपाउने, राज्यको ढुकुटीलाई छल्ने, ठग्ने हुन नहुने कुरामा सचेत गराउनुपर्ने बताउनु भयो । उहाँले उपभोक्ताहरु नठगिने र श्रमीकले उचित पारिश्रमीक पाउने ग्यारेन्टी गरेर लगानी गर्ने वातावरण खुला छोड्नुपर्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘लगानीका लागि सर्वथा अनुकुल वातावरण सिर्जना गर्नुपर्छ । नीतिगत, कानूनी दृष्टिकोणले । तर लगानी गर्नेहरुलाई हामीले भन्न सक्नुपर्छ की तपाईंले गरेको लगानी राज्यको ढुकुटीमा जाने कर कतै छली गर्नुभएको त छैन ? कर छली गर्न पाउनुहुन्न । हामीले स्पष्टसँग भन्नुपर्छ । हाम्रो कर असुल गर्ने निकायहरुले कर असुलीमा दायाँबायाँ हुँदैछ की ? राज्यको ढुकुटीलाई छल्ने, ठग्ने काम कहीँ कतैबाट हुँदैछ की हामीले ध्यान दिनुपर्छ । लगानीकर्ताले लगानीसँगै रोजगारी दिएको हुन्छ, त्यो रोजगार प्राप्त व्यक्तिहरुले कतै श्रम शोषण भोगिरहेका छन् की ? लगानी कर्ताले प्रचुर मात्रामा नाफा गर्दै जाँदा मुनाफाको केही अंश, मुनाफाको न्यायोचित अंश त्यो श्रमीकले प्राप्त गरेको छ की छैन ? रोजगार व्यक्तिले प्राप्त गरेको छ की छैन भन्नेकुरामा ध्यान दिनुपर्छ । लगानी र त्यसबाट उपभोग गर्ने उपभोक्ताहरु ठगिएका छन् की त्यो कुरामा ध्यान दिनुपर्छ । यि तीन कुरामा ध्यान दिएपछि लगानी गर्ने वातावरणलाई हामीले खुला छोडिदिनुपर्छ । लगानी गर्ने वातावरणलाई प्रोत्साहन गर्नुपर्छ ।’

मन्त्री पाण्डेले केबल कारले प्रकृतिको नाश पनि नगर्ने भएकाले पर्यटन विकासका लागि केबलकार प्रचुर सम्भावना बोकेको यातायातको माध्यम बन्ने दाबी गर्नभयो । —न्युज एजेन्सी नेपाल