७ माघ २०८१, सोमबार
,
Latest
वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन सिङ्गो बस्ती नै शौचालयविहीन डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर) खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा ट्रम्प–शैली: के हुनेछ ? गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण सुशान्त केसीको भक्तपुर कन्सर्टः टिकट मूल्य कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह



अ+ अ-

काठमाडैँ । देशभर मनुसन सक्रिय काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भने भारी वर्षा भएको छ। यो क्रम आइतबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका झापा, मोरङ, इलाममा अत्याधिक वर्षाले जनजीवन प्रभावित भएको छ। २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२, केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । मोरङको बाहुनीमा १८०, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८५, उदयपुरको सुन्दरपुरमा १५१, सप्तरीको रुपनी बजारमा १५२ मिलिमिटर वर्षा भइरहेको छ।

अहिले पूर्वी र मध्य तराईमा बढी वर्षा भइरहेकाले बादल गहिरिँदै गइरहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले बताए। उनले वर्षा अझै बढ्न सक्ने बताए।

मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ।