३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट



अ+ अ-

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु। १ मा टिकट प्राप्त गर्नेछन्। भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु। १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।

साथै आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनुहुनेछ।

चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको छ।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिनुभएको छ ।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरुले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन्। आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा ‘IME Pay Refundable’ विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाईदा पूर्ण उठाउन सक्छन्। योजनाहरूमा परिवर्तन आउँदा, प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्नेछन्।