२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा: अवतार’को शुभ मुहूर्त



अ+ अ-

काठमााडौँ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहा: अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो।

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, ुयो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो।ु उनले भने।

निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफु यो फिल्मको निर्माणमा जोडीएको बताए । त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन स् फिल्ममा फर्किएको बताए ।

यो फिल्मका नायक राज कटुवालले आफुले सानै बेलादेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उहा संगै फिल्ममा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफु यो फिल्मको टिमसँग जोडीएको बताउदै भनिन्,’मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँ सँगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ ।’

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, ‘मेरो बुवा उहाको फ्यान भएको कारण मैले पनि उहाको फिल्म बच्दैदेखी हेर्दै आएको थिए। अहिले उहासँग एउटै फिल्ममा काम गर्न पाउदा उत्साहित छ।’, उनले भनिन् ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुँदैछ । उनले यो फिल्मको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्म क्षेत्र तात्तिएको छ भने हमाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।