२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक हुँदा चालु खाता ३० अर्ब ८९ करोडले बचतमा



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

बिहिबार प्रतिवेदन सार्वजनिक गर्दै बैंकले साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति भएको जनाएको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा सो सञ्चितिअब १५ अर्ब ५८ करोड पुगेको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।

चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३६ अर्ब ४३ करोडले बचतमा थियो ।

यस्तै, साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।