७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’

‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’
अ+ अ-

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् ।

हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन् । छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयबासी ‘अस्पताल’ भन्छन् ।

विगत ३५ वर्षदेखि छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताउनुभयो । “यहाँ स्वास्थ्य चौकी छैन । नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ”, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भन्नुभयो “गाउँमै आम्ची विद्यालय भएकाले स्वास्थ्य संस्थाको आवश्यकता महसुस भएको छैन ।”

ढोरपाटन उपत्यकाको स्वास्थ्य चौकीबाट खोपसम्बन्धी सेवा दिन आउने गरेपनि सामान्य समस्याको उपचार आम्ची र जडिबुटीबाट हुने थापाले बताउनुभयो । स्वास्थ्य समस्या लिएर आउनेलाई आम्चीले लक्षणअनुसार जडिबुटी दिन्छन् ।

जटिल किसिमको उपचारका लागि अस्पतालमा जाने गरे पनि सामान्य बिरामी पर्दा एलोपेथिक चिकित्सापद्धति र औषधिको विकल्पमा आम्चीबाट परामर्श तथा जडिबुटी प्रयोग गर्ने गरिएको स्थानीय रमती विश्वकर्माले बताउनुभयो । जडिबुटीको प्रयोगबाट अनय असर नहुने भएकाले आम्चीको सेवामा पूर्णविश्वास रहेको उहाँको भनाइ छ ।

नेपालको हिमाली क्षेत्रमा तेह्रौँ शताब्दीमा सुुरु भएको यो उपचार पद्धति ढोरपाटनका साथै मुस्ताङको उपल्लो क्षेत्र, डोल्पालगायत जिल्लामा प्रचलनमा छ । छेन्तुङको आम्ची विद्यालयमा डोल्पा, मुगु, पूर्वीरुकुम, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लाका २० जना बालबालिका अध्ययनरत रहेका विद्यालयका व्यवस्थापक धेनी लामाले बताउनुभयो । “पढाइसँगै लेकमा जडिबुटीका बोट बिरुवा पहिचान, सङ्कलन, प्रसोधन गरी जडिबुटी बनाएर उपचारका लागि प्रयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनसँगै आम्चीहरूले स्थानीयबासीलाई सेवा पनि दिने गरेका छन् ।”

दुई हजार पाँच सय घरपरिवारको बसोबास रहेको ढोरपाटन उपत्यकाको टोल टोलमा पुगेर आम्चीले उपचारका साथै नि:ुूल्क औषधि वितरण गर्दै आएको व्यवस्थापक लामाले बताउनुभयो । समुदाय र दाताको सहयोग जुटाएर ५० वर्षदेखि छेन्तुङमा आम्ची विद्यालय सञ्चालन हँुदै आएको उहाँले जानकारी दिनुभयोे ।

तीन वर्ष आम्ची अध्ययन गरेकी डोल्पाकी छेमा ल्यामुले पछिल्लो तीन महिनादेखि छेन्तुङमा स्वयम्सेवकका रूपमा काम गर्दै आउनुभएको छ । “यही पढेर व्यवहारिक ज्ञान, सिप हाँसिल गरेकाले केही समयलाई स्वयम्सेवा गरेकी हुँ”, उहाँले भन्नुभयो, “अब आफ्नै गाउँमा गएर सेवा गर्ने रहर छ ।”

भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताउनुभयो । आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी०ले २० वर्षअघि सम्बन्धन दिएको थियो । दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायक सरह हुन्छ ।

पहिलो वर्ष आम्चीको परिचय, दोस्रो वर्ष बच्चा जन्मने प्रक्रियादेखि मृत्युसम्मको अवस्थाबारे जानकारी तथा औषधि दिने तरिका सिकाइन्छ भने बाँकी नौ महिना जडिबुटीको पहिचान र औषधि बनाउने तरिका कार्यक्षेत्रमै सिकाइन्छ । तिब्बती भाषा नजानेको आम्ची हुन नसक्ने भएकाले विद्यालयले आधारभूत तिब्बती भाषासहित शिक्षा दिइरहेको छ । कक्षा ८ उत्तीर्णले मात्र आम्ची पढ्न पाउँछन् । बुद्ध शिक्षामा आम्ची, विज्ञान, सङ्गीत, कला र ज्ञानलाई बढी महत्व दिने गरिन्छ ।

को हुन आम्ची ?

आम्ची हिमाली क्षेत्रका स्वास्थ्यकर्मी भएका पूर्वपरम्परागत चार चिकित्साशात्र विद्यालय छेन्तुङका व्यवस्थापक धेनी लामाले बताउनुभयो । उहाँकानुसार आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । “आम्चीले अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन्, ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन्,” उहाँले भन्नुभयो “आफैँ उच्च हिमाली भेगमा पुगेर जडिबुटी खोज्ने र पहिचान गर्न सक्ने सिप उनीहरूमा हुन्छ ।”

सरकारको नीतिमा आम्ची

सरकारको नीतिमा आम्चीसम्बन्धी स्वास्थ सेवालाई सम्बोधन गरे पनि ऐन, नियम, कार्यविधि निर्माण हुन नसक्दा कानुनी अस्पष्टता छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा छ । यसको उद्देश्य हिमाली जिल्लामा परम्परादेखि प्रचलित सोवारिक्पा ९आम्ची० उपचार एकाई स्थापनाका लागि सहजीकरण गर्ने, यस सेवाको सुदृढीकरणसम्बन्धी कानुन, नीति, गुणस्तर तथा मापदण्ड निर्माणमा सहयोग गर्ने उल्लेख छ ।

शाखाले उद्देश्यको कार्यान्वयन गरी आम्चीको प्रमाणपत्रको आधारमा लोक सेवा आयोगको परिक्षामा सहभागी हुन र सेवा प्रदान गर्न अनुमतिपत्रको व्यवस्था मिलाउनु सक्रियता देखाउनुपर्ने आम्ची अध्ययन गरेकी छेमा ल्यामुको आग्रह छ । “हिमाली क्षेत्रमा यस सेवाको अझै सान्दर्भिकता नै छ । त्यसैले त सरकारले पनि मान्यता दिएको होला १ त्यसैले यो विधा अध्ययन गरेकाहरूको भविष्य सुरक्षित बनाउन सरकारले आवश्यक काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । रासस