२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प



अ+ अ-

एजेन्सी । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उहाँको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताउनुभएको छ ।

अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उहाँको उक्त भनाइ आएको हो ।

“इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ”, उहाँले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेख्नुभयो, “इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।” उहाँले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गर्नुभयो ।

ट्रम्पको प्रचार टोलीले मङ्गलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उहाँको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ ।

प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन ।

“आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा उहाँको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराका बारेमा जानकारी दिएको थियो”, प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भन्नुभयो, “गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानून कार्यान्वय अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन् ।”

प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन । विश्व नेताहरू इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका बेला यी दाबी आएका हुन् ।

यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ । पेन्सिल्भेनियामा भएको र्यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो ।

जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उहाँको सुरक्षा बढाइएको बताएका थिए । इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो ।

“यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे, जुन सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई ‘कायर’ मानिनेछ”, त्यसबेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेख्नुभएको थियो ।

इरानी साइबर आक्रमणकारीहरू

अमेरिकी गुप्तचर निकायहरूले इरानमाथि ट्रम्पको प्रचार टोलीलाई निशाना बनाएर ह्याक गरेको र तेहरानले सन् २०२४ को निर्वाचनलाई प्रभावित गर्न खोजिरहेको आरोप लगाएका छन् ।

इरानी साइबर आक्रमणकारीहरूले ट्रम्पका तत्कालीन ह्वाइट हाउस प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेनका कर्मचारीहरूलाई ट्रम्पको प्रचारबाट ‘चोरी गरिएका गैरसार्वजनिक’ सामग्री प्रस्ताव गरेको यसै महिना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय, सङ्घीय जाँच ब्युरो र साइबरसुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीको वक्तव्यमा उल्लेख छ ।

“निर्वाचनको दिन नजिकिँदै गर्दा विदेशी खेलाडीहरूले आफ्नो निर्वाचनको प्रभाव गतिविधिहरू बढाइरहेका छन्”, रुस, इरान र चीनलाई विशेष रूपमा उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आफ्नै फाइदाका लागि अमेरिकी समाजमा विभाजनलाई बढाउन केही प्रयास गरिरहेका छन् ।”

इरानी साइबर आक्रमणकारीहरूले ट्रम्प प्रचार टोलीबाट चोरी गरिएका जानकारी अमेरिकी मिडिया सङ्गठनहरूसँग साझा गर्ने प्रयाससमेत गरेको अमेरिकी एजेन्सीहरूले बताएका छन् । तर उनीहरूले ती मिडिया आउटलेटहरूको नाम बताएनन् ।

इरानले आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ ।

ट्रम्पका राष्ट्रपति निर्वाचन प्रतिद्वन्द्वी कमला ह्यारिसको प्रचार टोलीले अगस्ट १३ मा उसलाई पनि ह्याकरहरूले निशाना बनाएको बताएको थियो । तर टोलीले कुन देश यसको पछाडि रहेको विश्वास गरिएको थियो भन्नेबारे सङ्केत दिएन ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचनको मतदान हुँदैछ । ह्यारिस र ट्रम्प बराबरको अवस्थामा रहेको सर्वेक्षणहरूले देखाएका छन् । बाइडेनले यस गृष्ममा उम्मेदवारी फिर्ता लिएपछि ह्यारिसले आफ्नो अभियान सुरु गर्नुभएको थियो ।




भर्खरै