९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ?



अ+ अ-

काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेसीमा चढेको हो ।

सो मुद्दाको निर्णय सुनाउनका लागि पेसी तोकिएको हो । यद्यपि यसअघि पटक–पटक निर्णय सुनाउने भनिए पनि पेसी सर्दै आएको छ ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने दबाब छ । यदि आज फैसला नभएमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ ।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो ।

त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेको थियो ।