७ जेष्ठ २०८२, बुधबार
,
Latest
पाँच सय र एक हजारका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नरको पहिलो निर्णय सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’ ‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’ विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग प्रचण्ड कहिल्यै पनि सुध्रिँदैनन्ः सूर्य थापा उद्योगहरुमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण– तस्बिरहरु लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएपछि मलयालम अभिनेत्री रेवती सम्पथले वरिष्ठ अभिनेता सिद्दिकीविरुद्ध शारीरिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

केरला उच्च अदालतले सिद्दिकीलाई अग्रिम जमानत दिन अस्वीकार गरेको छ । अभिनेतालाई अदालतमा हाजिर हुन भने पनि अभिनेता अदालतमा उपस्थित भएनन् ।

अहिले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले उनलाई पक्राउ गर्न घर पुग्यो तर त्यतिन्जेलसम्म अभिनेता फरार भइसकेका थिए ।

उनले प्रयोग गरेका दुवै मोबाइल नम्बर पनि स्वीच अफ छन् । यस्तो अवस्थामा उनलाई फरार घोषणा गरिएको हो । अभिनेताले जमानतका लागि सर्वोच्च अदालत जाने खबर आएको छ ।

हेमा समितिको प्रतिवेदन बाहिर आएपछि दक्षिण अभिनेत्री रेवती सम्पतले अभिनेता सिद्दिकीविरुद्ध गत अगस्टमा त्रिभाण्ड संग्रहालय प्रहरी चौकीमा शारीरिक दुव्र्यवहारको उजुरी दिएकी थिइन् ।

अभिनेत्रीले आरोप लगाएकी छिन् कि ८ वर्ष पहिले २०१६ मा सिद्दिकीले उनलाई मस्कट होटलमा एक फिल्मको बारेमा छलफल गर्न बोलाका थिए, जहाँ उनको शारीरिक शोषण भएको थियो ।

उजुरी दिनुअघि नै रेवतीले यो घटनाबारे कुरा गरेकी थिइन् । तर, सिद्दिकीले त्यसबेला रेवतीले आफूलाई अनावश्यक रूपमा फसाउन खोजेको स्पष्ट पारेका थिए ।

बरिष्ठ अभिनेता सिद्दिकी मलयालम चलचित्र कलाकार संघको महासचिव थिए, तर आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् । मलयालम सिनेमाबाट आएका यौन उत्पीडनका घटनाहरूको छानबिन गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।