४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा
अ+ अ-

हुम्ला । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ। आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ। दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पिसीआर परीक्षणबिनै हुम्ला सदरमुकाम सिमकोट आइपुगेका हुन्।