२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ



अ+ अ-

एजेन्सी । जुनैद खानले आफू आमिर खानका छोरा नभएको भए सायद फिल्म ‘महाराज’मा काम नपाउने खुलासा गरेका छन् । यद्यपि जुनैदले यो फिल्मका लागि अडिसन पनि दिएका थिए ।

हालै जुनैद एनडीटीभी युवा कार्यक्रममा अतिथिको रूपमा देखा परेका थिए । यहाँ उनले आफ्नो अहिलेसम्मको कामको अनुभव बताएका थिए । जुनैदले आमिरको फिल्म लाल सिंह चड्ढाका लागि पनि अडिसन दिएको बताए ।

जुनैदले थप भने, ‘हो, बुबाले (लाल सिंह चड्ढा) बारे पहिले नै कुरा गर्नुभएको थियो । जब मैले यसका लागि परीक्षा दिएँ, बुबालाई त्यो परीक्षा धेरै मन पर्यो । तर फिल्मको बजेटका कारण नयाँ कलाकारलाई लिएर फिल्म बनाउन सकिएन । यही कारणले मैले त्यो फिल्ममा काम गर्ने मौका पाइनँ ।’

जुनैदले महाराज फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । यो फिल्मलाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । जुनैद बाहेक फिल्ममा जयदीप अहलावत, शालिनी पाण्डे र शर्वरी जस्ता सेलिब्रेटीले काम गरेका छन् ।




भर्खरै