७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल) को हेल्प डेस्क उद्घाटनका अवसरमा सोमवार राखेप सदस्यसचिव घिसिङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले समावेश गरेलगत्तै सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि डिपिआर तयार भएर गत भदौमा नै खरिद प्रक्रिया अगाडि बढेको बताउनुभएको हो ।

उहाँले निर्माण प्रक्रिया चरणवद्ध रहने र स्टेडियमको बीचमा रहेको बाटोलाई अन्य विकल्पमा सारिने बताउनु भयो । साथै सदस्यसचिव घिसिङले बीचको बाटोलाई अन्य स्थानमा सारेपछि होस्टेल, इन्डोर ट्रेनिङ हल, स्विमिङ पुल, पारापिट, अण्डर ग्राउण्ड पार्किङ र फ्लड लाइट लगायत निर्माण गर्र्दै राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अगाडि बढाउने बताउनु भयो ।

टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने प्रक्रिया शुरुमा राखेपले अगाडि बढाए पनि अहिले त्यो जिम्मेवारी शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सदस्यसचिव घिसिङले बताएका छन् ।

शुरुका खरिद प्रक्रियामा उजुर परेपछि फ्लड लाइट जडानमा समस्या भएको उल्लेख गर्दैै राखेप सदस्यसचिवले अब शहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण भएकाले एनपिएल अगाडि त्यो बन्छ वा बन्दैन भन्ने बारे आफूलै केही भन्न नसक्ने बताउनु भयो ।

सो अवसरमा सदस्यसचिव घिसिङले राखेपले सबै खेलको काम गर्र्ने भएकाले नेपाल प्रिमियर लिगको तयारीमा प्रभाव नहोस् भनेर फास्ट ट्य्राकमा सहजता उपलब्ध गराउन एनपिएलको हेल्प डेस्क स्थापना गरिएको बताउनु भयो ।

परिषद्को वर्तमान नियमित कार्यशैलीमा अपडेट गर्र्नुपर्ने आवश्यकता देखिएको समयमा हेल्प डेस्कको राखेर सहजीकरण गरिएको सदस्यसचिव घिसिङको भनाइ छ । नेपालमा हुने प्रिमियर लिगलाई प्रोत्साहिन गर्न यस किसिमको कार्यक्रम राखिएको उल्लेख गर्दै अन्य संघले गर्ने लिगमा पनि यसै किसिमको सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपिएल हेल्प डेस्कले यसको आयोजनाका लागि सहजता प्रदान गर्ने आशा व्यक्त गर्दै यो कामले सबैमा सकरात्मक सन्देश प्रवाह हुने बताउनु भयो । डेडिकेटेट डेस्कले एनपिएलको कार्यमा सहजता मिल्ने आशा व्यक्त गर्दै अब सबै प्रक्रिया वान वे सिस्टम अगाडि बढ्ने बताउनु भयो ।

त्यसअघि राखेपका सदस्यसचिव टंकलाल घिसिङले रिबन काटेर नेपाल प्रिमियर लिग ९एनपिएल० को हेल्प डेस्कको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा घिसिसङले डिजिटल स्कोर बोर्ड कात्तिकभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढिरहेकको समेत बताउनु भयो ।