कैलाली। कैलालीमा थप एक ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–७ की ति कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
उनलाई २९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।











