२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोसँग स्कटल्याण्ड १–० गोलले पराजित



अ+ अ-

काठमाडौं । विश्वकपको फुटबलको समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको छ ।

शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्को विजयी भएको हो ।

मोरक्कोका लागि इस्माइल साईबारीले एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा इस्माइलले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंकसहित समूह सी को शीर्षस्थानमा रहेको छ । पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई हराएको थियो ।

यसै समूहमा रहेका ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान सवा ६ बजे सुरु हुँदैछ । समूह सी मा नकआउट चरणका लागि यी दुई टोलीबीचको खेलको परिणाम निकै रोचक बन्नेछ ।




भर्खरै