६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्। योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज शुक्रबार थप १९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । हाल १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

सक्रिय संक्रमितको कुल संख्या भने देशभर २४ हजार ६६५ मात्रै छन् ।