काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५३६४ जना संक्रमणमुक्त भएका छन् । योसंगै देशभरी नै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ९१ हजार २ सय पुगिसकेको छ । त्यस्तै आज शुक्रबार मात्रै कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्।
योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज शुक्रबार थप १९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । आज देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गरिएको थियो ।











