९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता



अ+ अ-

महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।
तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन् । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत अहेव गोपालदत्त पन्तले कोरोनाको दोस्रो लहरका बेला दुई महिनाको मात्रै जोखिम भत्ता पाएको बताउनुभयो ।

“पहिलो लहरमा सरकारले चार महिनाको सतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो ।” उहाँले भन्नुभयो, “दोस्रो लहरमा अझै दुई महिनाको भत्ता पाइएको छैन ।” यहाँका पालिकास्तरका  स्वास्थ्यकर्मीले भने पहिलो लहरका बेलाको मात्रै जोखिम भत्ता पाएको बताएका छन् । 

स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्र्पक व्यक्ति सिद्धराज भट्टले स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको जोखिम भत्ता नपाएको बताउनुभयो । “यहाँ पालिकापिच्छे केहीले केही महिनाको पाए पनि सबैले भत्ता पाउन सकेका छैनन् ।” उहाँले भन्नुभयो, “नदिने भनेको छैन, दिन ढिलाइ भएकै हो ।”गत असारमा सरकारले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।