२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा लिगमा वागमतीको दोस्रो जित



अ+ अ-

काठमाडौँ । घानाकी स्ट्राइकर गिफ्टी एचेयमोङको गोल नै निर्णायक बनेपछि वागमती युवा क्लवले जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्दै शीर्ष पांचको सम्भावना जीवन्त राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार कर्णाली प्रदेशमाथि १–० को साँघुरो जित निकाल्दै वागमतीले लिगको शिर्ष पांच सम्भावना कायमै राखेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा वागमतीले इन्जुरी समयमा गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो । यो जितपछि सात खेलबाट वागमती सात अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । वागमती पांचौं स्थानको कोशीभन्दा तीन अंकले मात्र पछि छ । कोशीको पनि सात खेलबाट सात अंक छ ।

यता कर्णाली प्रदेशको भने हारपछि शीर्ष पांचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्ने लक्ष्यसहित वागमती र कर्णाली मैदान उत्रिएका थिए । खेल बराबरीको नतिजा उन्मुख पनि थियो ।

लिगमा सुखद् शुरुवात गरेको बागमतीले त्यसपछिका खेलमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर, आईतवार अन्तिम समयमा गोल गर्दै दोस्रो जित निकाल्न सफल भयो । यता लगातार चार हारको श्रृंखला अन्त्य गर्दै पछिल्लो खेलमा जित निकालेको कर्णाली वागमतीविरुद्ध पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा थियो । तर अन्तिम समयमा समालिन सकेन ।

यो हारपछि कर्णाली ७ खेलबाट चार अंकका साथ नवौं स्थानमा यथावत छ । पहिलो हाफमा दुवै तर्फबाट प्रयास भएपनि गोल हुन सकेन ।

दोस्रो हाफमा पनि वागमति र कर्णालीले अवसर बुने । तर वागमतीले मात्र अन्तिम समयमा सदुपयोग गर्नसक्यो । त्यसअघि कर्णालीले गोल ७३ औं मिनेटमा अग्रता लिने अवसर गुमायो । वर्षा ओलीले वागमतिकी गोलकिपर सुजता तामाङसककंग वान भर्सेस वानमा गोल गर्ने अवसर गुमाएकी हुन् ।

८३ औं मिनेटमा पनि बागमतिले गोल गर्ने अवसर खेर फाल्यो । इन्जुरी समयमा अस्मिता खवास गोल किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपछि फेरि वागमती असफल भयो । तर थप समयको पांचौ मिनेटमा गिफ्टीले गोल गर्दै बागमतिलाई जित दिलाइन् । सुनिता भुलानको उत्कृष्ट पासमा गिफ्टीले कर्णालीकी गोलकिपर लिला जोशीसककंग वान भर्सेस वानमा गोल गरेकी हुन् ।




भर्खरै