२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए



अ+ अ-

काठमाडौं । अमेरिकाको भर्जिनियामा ममता भट्टको हत्या श्रीमान नरेश भट्टले गरेका लगभग निश्चित भएको छ । ममताको हत्या गरी शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् ।

नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि ‘मोसन हियरिङ’ राखिएको थियो । अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने उनका वकिलहरुले जिकिर गरेका थिए ।

सरकारी वकिलहरुले नरेशले हत्या गरेको प्रमाण र भिडियो फुटेजहरु अदालतमा पेश गरेका छन् । ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले पटकपटक गरी आफ्नो कारमा ट्र्यास ब्यागहरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ ।

उनले कारबाट ट्र्यास ब्याग झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेजमा प्रष्ट देखिएको छ । नरेशले जुलाई २९ र ३० मा घरबाट १२ पटकसम्म ट्र्यास टाढा लगेर व्यवस्थापन गरेका पाईएको छ ।

सरकारी वकिलको अनुसार प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै नरेशले लाशको व्यवस्थापन गरिसकेको र घरभित्र पनि सबै सरसफाइ गरेर बसेका थिए । उनले ट्रयास ब्यागमा आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका पाईएको छ । घटनापछि उनले आफ्नो टेस्ला कार बिक्री गरेका थिए ।

ममता अन्तिमपटक २७ जुलाईमा आफूले काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।