२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार



अनुरा कुमारा दिसानायका
अ+ अ-

रोयटर्स, कोलम्बो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति चुनावमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायकेले ठूलो जित हासिल गरेका छन् ।

यससँगै अनुरा कुमारा दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने लगभग पक्का भएका छन्। कुल ७५ प्रतिशत मतदान भएकोमा दिसानायकेले ४९.८ प्रतिशत मत पाएका छन् । जबकि समगी जन बालवेगया नेता सजित प्रेमदासाले २५.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

वर्तमान अध्यक्ष तथा युनाइटेड नेशनल पार्टीका नेता रनिल विक्रमासिंघेले १६.४ प्रतिशत मत प्राप्त गरेका छन् । छ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सन् २०२२ को जुलाईमा गोताबाया राजापाक्षेले राजीनामा दिएपछि अन्तरिम राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए।

अनुरा कुमारा दिसानायकेको पार्टीको नाम जनता विमुक्ति पेरेमुना हो। यो राष्ट्रिय जनशक्तिगठबन्धनको हिस्सा हो। गठबन्धनबाट अनुरा कुमारा उम्मेदवार बनेका थिए। अनुरा कुमाराको पार्टीले अर्थतन्त्रमा बलियो राज्यको हस्तक्षेप, कम कर र थप बन्द बजार जस्ता आर्थिक नीतिहरूलाई समर्थन गरेको छ ।५५ वर्षीय अनुरा कुमार दिसानायकेलाई श्रीलंकामा भावुक भाषण दिने नेताका रूपमा चिनिन्छ।