२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा महिला लिगमा पुलिस र संकटा विजयी



अ+ अ-

काठमाडौँ । नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लवले शनिवार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै शिर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कायमै राखेको हो ।

दशरथ रंगशालामै शनिवार भएको दोस्रो खेलमा सम्झना लावतीको गोलमा नेपाल पुलिस क्लवले पनि वालिङ नगरपालिकामाथि २–० को जित निकाल्यो । जितसँगै पुलिस सात खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । समान खेलबाट वालिङ १२ अंकसहित चौथो स्थानमै छ । यो हारपछि वालिङले शीर्ष पाँचका लागि अंकदूरी बढाउने अवसर गुमायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा भने पुलिसले दुई गोल गर्यो । ६७औं मिनेटमा पुलिस अग्रता बनाउन सफल भयो । निरु थापाको क्रसमा सम्झनाले दुई डिफेन्डरलाई छक्याउँदै गरेको ओभर हेड प्रहार वालिङकी गोलकिपर राधिका ओलीले भेट्टाउन सकिनन् । विदेशी खेलाडीको राम्रो साथ पाएको वालिङ खेलमा फर्कन संघर्ष गरिरहेको थियो । तर, इन्जुरी समयमा उल्टै गोल सामना गर्यो ।

निर्मल उपाध्यायले लेफ्ट साइडबाट गरेको क्रस बललाई वालिङका डिफेन्डरले क्लियर गर्न सकेनन् ।

उक्त बल नियन्त्रण लिँदै सम्झनाले गोल गरिन् । यससँगै पुलिसले बलियो टोली वालिङमाथि २–० को महत्वपूर्ण जित रच्यो । त्यसअघि संकटा जितसँगै सात खेलबाट आठ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानको कोशीभन्दा संकटा दुई अंकले पछि छ ।

कोशीले पनि सात खेलबाट १० अंक जोडेको छ । सातै खेलमा पराजित सुदूरपश्चिम अंकविहीन रहँदै पुछारमा छ । संकटाको जितमा जेनिफरले ह्याट्रिकसहित चार गोल पूरा गरिन् । ममता पुन र पूर्णीमा हमालले समान एक गोल थपिन् । खेलको चौथो मिनेटमै जेनिफरको गोलमार्फत संकटाले अग्रता लिएको हो ।

मनीषा थापामगरले राइट साइडबाट दिएको बललाई जेनिफरले हेड गर्दै जाली चुमाएकी हुन् । १२औं मिनेटमा जेनिफरले नै व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाइन् ।

सुदूरपश्चिमका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदैै संकटाले दोस्रो गोल गरेको हो । ममता पुनले सुदूरपश्चिमका डिफेन्डरबाट बल खोस्दै मनिता तामाङलाई दिइन् ।

लगत्तै मनिताले दिएको लामो पास सदुपयोग गर्दै जेनिफरले दुई डिफेन्डरबीच गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा संकटा २–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा भने संकटाले चार गोल थप्यो ।

५२औं मिनेटमै जेनिफरले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यसपल्ट पनि जेनिफरले मनीषा थापामगरको थ्रु पासमा गोल गरेकी हुन् । ८४औं मिनेटमा ममताले गोल गर्दै संकटालाई ४–० ले अगाडि बढाइन् । फेरि मनीषाकै उत्कृष्ट ओभर हेड पासमा गोल सम्भव भएको हो ।

तीन मिनेटपछि पूर्र्णीमाले गोल गर्दै संकटालाई फराकिलो जिततर्फ अग्रसर गराइन् । पुनम चेम्जोङको कट ब्याक पास सदुपयोग गर्दै पूर्णीमाले नजिकै दूरीबाट गोल गरेकी हुन् ।

इन्जुरी समयमा पेनाल्टीमार्पm संकटाले छैटौं गोल गर्दै सुदूरपश्चिमको पोस्टमा आधादर्जन गोल वर्षायो । सुदूरपश्चिमका डिफेन्डरले जेनिफरलाई पेनाल्टीबक्समा लडाएपछि संकटाले अग्रता बढाउने अवसर पायो । उक्त अवसरमा जेनिफरले गोल गर्र्दैै व्यक्तिगत गोलसंख्या चार पुर्याइन् ।




भर्खरै