नयाँ दिल्ली । आईसीसीले टी–२० विश्वकप २०२२ को खेल तालिका सार्वजनिक गरेको छ । भारत र पाकिस्तानबीच फेरि एकपटक महान् खेल हुँदैछ । टि–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।
आईसीसीले जारी गरेको तालिकाअनुसार दक्षिण अफ्रिकासँगै भारत, पाकिस्तान, बङ्गलादेश र थप दुईवटा छनोट टोली हुनेछन् । जारी तालिका अनुसार टी–२० विश्वकपका खेलहरु अष्ट्रेलियामा हुनेछन् ।
खेल एडिलेड, ब्रिस्बेन, होबर्ट, जिलङ, पर्थ र सिड्नीमा हुनेछन् । टी–२० विश्वकपको फाइनल नोभेम्बर १३ मा मेलबर्न क्रिकेट मैदानमा हुनेछ । सेमिफाइनल खेल ९ र १० नोभेम्बरमा सिड्नी क्रिकेट मैदान र एडिलेड ओभलमा हुनेछ ।
आईसीसी टि–२० वल्र्ड कप २०२२ मा भारतको पहिलो खेल पाकिस्तानसँग अक्टोबर २३ मा खलिनेछ। यी दुईबीचको खेल मेलबर्नको मैदानमा हुनेछ । ऐजेन्सी











