२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे



अ+ अ-

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो ।

यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९:१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७:११ बजे र स्थिरासन बिहान ८:४३ बजे साइत रहेको समितिले जनाएको छ ।

त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताउनुभयो । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैँ समापन हुनेछ । रासस