२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभयो । उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै यस भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । यही असोज ६ गते आइतबार अमेरिकाको स्थानीय समयअनुसार साँझ ५ः३० बजे उहाँहरूबीच भेटवार्ता हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उहाँहरुको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको र भारतको विदेश मन्त्रालय पनि आन्तरिक तयारीमा जुटेको परराष्ट्र स्रोतले जनायो ।

परराष्ट्र मन्त्रालयको एक स्रोतले भन्यो– प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ता निश्चित भएको छ । हिजोमात्र भेटवार्ता सुनिश्चित भएको खबर भारतीय विदेश मन्त्रालयबाट आएको छ । त्यस्तो कुनै परिवर्तन भएन भने सेप्टेम्बर २२ को साँझ उहाँहरूबीच भेटवार्ता हुनेछ,।

प्रधानमन्त्री ओली शनिबार र भारतीय प्रधानमन्त्री मोदी आइतबार न्युयोर्क पुग्ने कार्यक्रम छ । उहाँहरु न्युयोर्क पुगेलगत्तै भेटवार्ता हुने कार्यक्रम तय भएको हो ।

मोदीसँगको भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालय निकै पहिलादेखि तयारीमा थियो । यसअघि यही सेप्टेम्बरको सुरुमा बिमस्टेकको सम्मेलनका क्रममा भेटवार्ता हुने तय भएको भए पनि सो सम्मेलन स्थगित भएको थियो ।