११ श्रावण २०८३, सोमबार
,
Latest
गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई



अ+ अ-

काठमाडौँ: मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनुभएको योगदान स्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिनुभयो । रु एक लाख राशिको उक्त पुरस्कार फाउण्डेशनको २५औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा शनिबार प्रदान गरिनेछ ।

दुवालले पाँच दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हकअधिकार प्राप्तिका लागि सङ्गितका माध्यमबाट जागरणको आन्दोलनको नेतृत्व गर्दै आउनुभएको छ ।  विसं २०३६ को पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन, २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाका लागि भएको जनआन्दोलनमा दुवालले गीत सङ्गीतको माध्यमबाट जनताको आवाजमा परिवर्तन र संघर्षको उत्प्रेरणा भर्ने काम गर्नुभएको थियो ।

अध्यक्ष पाण्डेले निरङ्कुशता विरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाको लागि जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएको प्रत्येक जनसङ्घर्षमा दुवालको संलग्नता रहेकोले पुरस्कार प्रदान गर्न थालिएको बताउनुभयो ।